ललितपुर– गोदावरी नगरपालिका वडा नम्बर २ विशंखुनारायणका मतदाताले ठूला ठूला नेता भन्दा यहीँका स्थानीय उम्मेद्वार सहि भएको टिप्पणी गरेका छन् । उनीहरुले ठूला ठूला नेताले कुरा मात्रै ठूलो गर्ने तर काम गर्ने बेला गाउँको वास्तै नगर्ने गरेको यथार्थ औल्याए । 

ललितपुर क्षेत्र नम्बर १ को एमाले उम्मेद्वार चेतनाथ सञ्जेलको विशंंखुनारायणमा चुनावी घरदैलोका क्रममा पुग्दा त्यहाँका वासिन्दाले राम्रो सद्भाव देखाउँदै यही भूगोलको पीर मर्का बुझ्ने एक मात्र उम्मेद्वार भएको बताए । 

उनीहरुले यही क्षेत्रमा २ पटक जितिसकेको र ५ औँ पटक उम्मेद्वार बन्दै गरेका उदय शमसेर राणालाई अव पनि विश्वास गर्नु भनेको भूल हुने बताए । 

बुबा ३ पटक , २ पटक आफैँ विजयी भएको र अहिले ५ औँ पटक उम्मेद्वार बनिरहदा पनि फेरी उही अनुहारलाई मात्र हेर्नु के ठीक होला त ? एक मतदाताले भने र्,  धेरै विकास गरेको र सदनमा गएर यहाँको विषयलाई प्राथमिकता दिएको भए त ठिकै हुन्थ्यो होला तर सदनमा नपुगुन्जेल चिप्ला कुरा गएपछि फेरी उहीँ ।

चुनाव जितेपछि सबै जनतालाई समान हेर्नुको साटो आफ्नो दलका ब्यक्तिलाई मात्र च्यापेर हिड्ने गरेको उनीहरुको आरोप छ । रास्वपाका उम्मेद्वार यही भूगोलको नभएको र चेतनाथ यही क्षेत्रको जनतामाझ भिज्ने ब्यक्ति भएको उनीहरुको ठम्याई छ । 

उनीहरुले चेतनाथलाई भोट दिनुपर्ने कारण सोध्दै विकास निर्माण र गाउँघरमै बसेर काम गर्ने वातारण मिलाउनका लागि पहल गर्न आग्रह गरेका छन् । घरदैलोका क्रममा मतदाता माँझ चेतनाथले विशंखुनारायणलाई धार्मीक , सांस्कृति पर्यटकीय गन्तब्य बनाउन पहल गर्ने बताए । 

त्यहाँका मठ मन्दिर र पुराना धार्र्मीक तथा प्राकृतिक सम्पदाको संरक्षण गर्दै होमस्टेलाई अझ ब्यवस्थीत गर्ने प्रतिवद्धता जनाए । उनले नजिकैको नहरबस्तीलाई ब्यवस्थीत गरेर त्यहाँका जनतालाई राहत दिँदै क्षतीग्रस्त सनराइज हललाई पुनर्निर्माण गर्ने बताए ।