
एसियन उसु महासंघको आयोजनामा हुने १२औ एसियन जुनियर उसु च्याम्पियनसिपमा नेपाली उसु टोली ४ जना सहभागीताका लागि आज चीन प्रस्थान गरेका छन् यहि २०२५ जुलाई २३ देखि ३० तारिख सम्म संचालन हुने उक्त अफिशियल च्याम्पियनसीपमा नेपाली उसु टोली टिम कोच प्रेम बहादुर विक को नेतृत्वमा साँसौ विधा अन्तर्गत ४८ केजी तौलमा पुरुष तर्फ प्रदिप विष्ठ महिला ४८ केजी तर्फ सरिता लवार र थाउँलु विधा अन्तर्गत नानछवाङ नानगुन नानताओ इभेन्टमा एलिस मारिक ले प्रस्तिपर्धा गर्ने भएका छन्।
यस च्याम्पियनसीप को पहिलो चरण बाट आगामी २०२६ मा हुने डकार युथ ओलम्पिकमा पहिलो पल्ट सहभागीताका लागि समेत छनोट हुने नेपाल उसु महासंघका महासचिब ल्हाकपा छिरिङ लामाले जानकारी दिनु भएको छ सहभागी हुने
खेलाडीहरुलाई सागका गोल्ड मेडलिस्ट तथा अन्तर्राष्ट्रिय IWUF कोच जुनि राईले २ महिना रंगशालामा विशेष प्रशिक्षण दिनु भएको थियो सहभागी टिमलाई नेपाल उसु महासंघ का वरिष्ट उपाध्यक्ष विक्रम सिटौला महासचिव ल्हाक्पा छिरिङ लामा सचिब तथा अन्तराष्ट्रिय IWUF निर्णायक गोविन्द बहादुर शाही र सचिब तथा अन्तराष्ट्रिय IWUF कोच निकेश श्रेष्ठ ले अन्तराष्ट्रिय विमान स्थल मा एक कार्यकम बीच विदाई गरिएको छ नेपाली जुनियर उसु टोली ३० तारिख स्वदेश फर्केने छन्।
Facebook Comments