
काठमाडौं उपत्यकाबाट दक्षिणी नाका हुँदै मध्य तथा पूर्वी नेपाल र तराइ आवतजावत गर्ने कान्तिलोकपथमा आवागमन समय बढाइएको छ । जिल्ला प्रशासन कार्यालय ललितपुरले मंगलबार एक सूचना जारी गर्दै असोज ७ देखि असोज २१ गते कोजाग्रत पूर्णिमा सम्म आवतजावत सहजीकरणका लागि समयावधि बढाइएको जनाएको छ ।
३० टन भारबहन क्षमता भएका र अधिकतम १० चक्के सवारीसाधनलाई कान्तिलोकपथमा बेलुका ९ बजेसम्म प्रवेश गर्नेहरु बागमती गाउँपालिका २ बगुवा आइपुग्नुपर्ने र प्रस्थान गर्नेहरु गोदावरी ६ टिकाभैरवबाट प्रस्थान गरिसक्नुपर्ने निर्णय गरिएको सहायक प्रमुख जिल्ला अधिकारी गीता घिमिरेले जानकारी दिइन् ।
कान्ति लोकपथमा सवारी आवागमन सहजीकरणले अन्य राजमार्गको चाप कम हुने पनि सहायत प्रमुख जिल्ला अधिकारी घिमिरेले बताइन् । पृथ्वी राजमार्गको गुग्लिन नारायणघाट खण्डको तुइनखोलामा निरन्तर पहिरो आएर अवरोध भएपछि उपत्यकाबाट बाहिरिने यात्रुहरुमा समस्या सिर्जना भईरहेको छ । उपत्यकाबाट बाहिरिने यात्रुको सहजताका लागि कान्तिलोकपथको निर्णयले वैकल्पिक राजमार्गमार्फत आवतजावत सहज हुने पनि सहायक प्रमुख जिल्ला अधिकारी घिमिरेले बताइन् ।
Facebook Comments