
ललितपुर – नेकपा एकिकृत समाजवादि सम्बद्ध खेलकुद महासंघका उपाध्यक्ष स्वयंभुराज डंगोल एमालेमा फर्किएका छन् ।
मार्सल आर्टका अन्र्तराष्ट्रिय खेलाडी समेत रहेका उनलाई पार्टी कार्यालय च्यासल, ललितपुरमा एमाले महासचिव शंकर पोखरेलले आज स्वागत गरे ।स्वागत समारोहमा एमाले ललितपुर जिल्ला कमिटी अध्यक्ष पुरुषोत्तम आचार्य , इन्चार्ज हरिकृष्ण ब्यन्जनकारसँगै बाग्मती प्रदेश सभा सदस्य मधुसुदन पौडेल लगायतका जिल्ला स्तरीय नेता पनि सहभागी थिए ।
समाजवादी प्रेस संगठनका संस्थापक केन्द्रीय सदस्य समेत रहेका डंगोल पार्टिको प्रदेश कमिटीमा पनि रहेका थिए । आफ्नो मूल पार्टि छोडेर जाँदा असाध्यै पछुतो लागेको बताउँदै उनले आगामी दिनमा एमालेलाई मजबुद बनाएर लैजाने गतिविधीसमा संलग्न हुने प्रतिवद्धता जनाए ।
खेलाडी मात्र नभएर खेलविज्ञ एवं कुशल फोटो पत्रकार समेत रहेका डंंगोल ललितपुर जिल्ला कमिटिमा २०६७ सालदेखि २०७८ सालसम्म जिल्ला कमिटी सदस्यका रुपमा रहेका थिए । खोकनाबासी डंगोल एमाले सम्बद्ध युवा सघमा १२ सचिवालय र केन्दिय कमिटी गर्दै युवा संघ प्रचार विभाग प्रमुख समेत रहेका थिए ।
Facebook Comments