
ललितपुर–नेकपा एमाले गोदावरी नगर कमिटिको आयोजनामा बिहीबारबाट ३ दिने नेतृत्व विकास तथा उद्घोषण कला विकास तालिम सुरु भएको छ । गोदावरी नगरपालिका वडा नम्बर १० मा सुरु भएको तालिममा नगरभित्रका १४ वटै वडाका करिब ५० जना सहभागी भएका छन् ।
विभिन्न वडाका वडा कमिटिका अध्यक्ष , सचिव या पदाधिकारी , नगरको यूवा संघ, अनेमसंघ, किसान महासंघ, रिर्टनी फेडरेसन लगायतका जनवर्गिय संगठनका प्रतिनिधीको सहभागीता रहेको नगर कमिटी सचिव अर्जुन संजेलले जानकारी दिए ।
नगर कमिटि अध्यक्ष विक्रम घिमीरेले नगरभित्रका आफ्ना संगठनका साथीहरुको आवश्यकता महशुस गरी तालिमको आयोजना गरिएको बताए । नेकपा एमाले जिल्ला कमिटी उपसचिव प्रभाकर थापाले बोल्ने कला जानेको खण्डमा धेरै फाइदा पुग्ने बताउँदै यस्ता तालिमलाई टोलटोलसम्म पु¥याएर दीर्घकालिन ढंगले लैजानुपर्ने बताए ।
बाग्मती प्रदेशसभाका पूर्व सदस्य चेतनाथ संजेलले सिकेको कुरा लागु गर्न सके ब्यक्तिगत मात्र नभएर सिंङ्गो पार्टिपंक्तिलाई फाइदा पुग्ने बताए । प्रेस चौतारी ललितपुरका अध्यक्ष नवीन लुईटेलले सबै सहभागीहरुसँग भएको ज्ञानसीपलाई माझ्ने काम तालिमले गर्ने बताए ।
ललितपुर चौतारीले पछिल्लो समय वडामा चौतारी र चिया चौतारी कार्यक्रम गरिरहेको बताउँदै आप्नो कमिटीमा भएका विभिन्न कार्यक्रम र सकारात्मक कुराको प्रचार गर्न पछि हट्न नहुने सुझाव दिए । प्रेस चौतारीको लागि यो वर्ष प्रशिक्षण बर्ष भएकाले नगर र जिल्लासँग मात्रै नभए वडा वडासँग समन्वय गरेर उद्घोषण, भाषण, समाचार लेखन सम्पादन, फोटोग्राफि तथा ब्यक्तित्व विकासका तालिम दिने योजना रहेको सुनाए ।
३ दिने तालिमलाई शिक्षण पेशामा आवद्ध संचारकर्मी नवराज संजेलले संयोजन गरेका छन् । उनले उद्घोषण कला विकास र नेतृत्व विकास सम्बन्धी तालिम दिँदैछन् । सहभागी अशोक गोदार , सन्तोष लामीछाने र सुवास पुडासैनीले तालिमबाट आफूलाई भिडमा बोल्न सक्ने क्षमता बढाँउछ भन्ने आशा जागेको बताए ।
Facebook Comments