ललितपुर । कान्तिपुर कोलोनीका स्थानीय हरुले सातदोबाटो प्रहरी बृत्तलाइ सहयोग उपलब्ध गराएका छन । जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीले ध्वस्त भएको सातदोवाटो प्रहरी बृत्तलाई कान्तिपुर कोलोनीका स्थानीयले सहयोग हस्तान्तरण गरेका हुन ।  

ललितपुर १४ नखिपोटको हाम्रो कान्तिपुर टोल विकास संस्थाले मंगलबार बृत्तलाई कम्प्युटर, प्रिन्टरका साथै फर्निचर सामग्री सहयोग हस्तान्तरण गरेको हो । संस्थाका अध्यक्ष जितेन्द्र बहादुर भण्डारीले प्रहरी नायब उपरिक्षक रामकुमार यादवलाई सहयोग हस्तान्तरण गर्दै अफ्ठेरो अवस्थामा प्रहरी र स्थानीय समुदायको समन्वय आवश्यक हुने बताए । 

संकटको बेलामा नागरिकलाई हरेक समय साथ दिने प्रहरीमाथिको आक्रमणको निन्दा गर्दै सकेको सहयोग र समन्वय गर्नु सबैको कर्तव्य भएको भण्डारीले बताए । 

वर्दीविनाका प्रहरीको रुपमा रहने नागरिकको समन्वय र सहयोगमा प्रहरीहरुको मनोवल बढ्ने बताउँदै यादवले नागरिक सहयोग र साझेदारीको भावनात्मक पक्ष बलियो हुने बताए ।